अटो रिक्सा पार्किङ समस्या छिट्टै समाधान हुन्छः कार्यवाहक नगरप्रमुख लेखक

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाका कार्यवाहक नगरप्रमुख नीलम लेखक जोशीले छिटै अटो रिक्सा पार्किङको समस्या समाधान हुने बताइन् ।

शुक्रवार अटो रिक्सा व्यवसायीहरुले पार्किङको समस्या रहेको र पार्किङ व्यवस्थापन गरिदिन माग गर्दै नगरपालिकालाई ज्ञापन पत्र बुझाएपछि कार्यवाहक नगरप्रमुख जोशीले छिटै समस्या समाधान गर्ने प्रतिवद्धता जनाएकी हुन् ।

यस्तै कार्यवाहक नगर प्रमुख जोशीको नेतृत्वमा प्रमुख प्रशासकिय अधिकृत याम नारायण गौली, वडाध्यक्षहरु, प्राविधिक कर्मचारी, ट्राफिक प्रहरी, अटो रिक्सा चालक सहितको टोलीले बसपार्क क्षेत्र नजिक तत्कालका लागी सम्भावित पार्किङ क्षेत्रको स्थलगत अनुगमन समेत गरेको छ ।

‘अटो रिक्सा पार्किङको समस्यालाई तत्काल समाधानका लागी गड्चौकी,बह्मदेव र दैजि रुटमा चल्ने रिक्सा पार्किङका लागी बसपार्क नजिकै सम्भावित क्षेत्रमा ग्राभिल हालेर पार्किङ स्थल बनाउने सल्लाह भएको छ ।’ उनले भनिन् ‘यो काम भोलीबाटै शुरु हुन्छ र यो समस्याको दिगो व्यवस्थापनका लागी हामी अध्ययन र छलफल समेत गरिरहेका छौँ ।’

ताजा समाचार