महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर १० का वडा सदस्य हर्कराज गिरीले वृद्धवृद्धाहरुलाई खिर पकाएर खुवाएका छन् ।
बेदकोट नगरपालिका ८ रौटेला स्थित बैजनाथ धाम जेष्ठ नागरिक सेवा केन्द्रमा रहेका वृद्धवृद्धाहरुलाई वडा सदस्य गिरीले खिर, रोटी, खाना खुवाएका हुन् ।
साउनको महिना खिर खाने महिना भएकोले वृद्धआश्रमका वृद्धवृद्धाहरुलाई खिर, रोटी खाना खुवाएको वडासदस्य गिरीले बताए ।
शुक्रवार वडा सदस्य गिरी, नेपाली काँग्रेस भीमदत्त नगरपालिका वडा नम्बर १० का सभापति गोकुल जोशी, नेपाल तरुण दलका केन्द्रिय सदस्य श्याम सुन्दर ठकुराठी,नेपाल विद्यार्थी संघ कञ्चनपुरका निवर्तमान अध्यक्ष कृष्ण भट्ट, नेविसंघ नेता गोकर्ण महरा, दिपक अवस्थी सहितको टोली साउन महिना एवम् खिर खाने महिनाको अवसर पारेर वृद्धवृद्धाहरुलाई खिर खाना खुवाएका हुन् ।
वडा सदस्य गिरीले निरन्तर यस्ता सामाजिक कार्य गर्दै आएका छन् ।