महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटी भीमदत्त नगरपालिकाको विकास तथा समस्या समाधानका लागी संघिय मन्त्रालयहरु धाई रहेका छन् ।
नगरपालिकाको समग्र विकासका लागि मेयर बोगटी, उपमेयर नीलम लेखक जोशी, कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ का संघिय सांसद एवम् नेपाली काँग्रेस संसदिय दलका प्रमुख सचेतक रमेश लेखकलाई लिएर विभिन्न मन्त्रालय पुगका छन् ।
उनिहरुले नगरपालिकाको विकासका लागी सहयोग तथा स्रोत जुटाउन अर्थमन्त्री प्रकाश शरण महत, उर्जा जलस्रोत तथा सिँचाई मन्त्री शक्ति बस्नेत, वन तथा वातारण मन्त्री विरेन्द्र प्रशाद महतो लगायतका मन्त्री एवम् विकासका साझेदार निकाय, अर्थ मन्त्रालयका सचिव लगाएत संग भेटघाट तथा छलफल गरेका छन् ।
भेटघाटमा नगरपालिकामा रहेका विभिन्न खोला र महाकाली नदिको तटबन्ध, बाढी, ढल, सिचाँईको समस्या समाधान, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज किनारका बस्तीमा जंगली जनावरबाट हुने जनधनको क्षति न्यूनिकरणका लागी पक्कि पर्खाल (वाल) निर्माण, गौ नंदी (सामुदायिक चौपाया) को समस्या समाधानका लागी आवश्यक जग्गाको व्यवस्थापन लगाएतका विकासका योजनाका विषयमा छलफल भएको जनाइएको छ ।
उनकाअनुसार छलफलमा मन्त्री लगाएत सचिवहरुबाट सकारात्मक जवाफ आएको छ ।