पुनर्वास नगरपालिकाले अनधिकृत संरचना भत्काउन चलायो डोजर

किशोर तामाङ
महेन्द्रनगर । कञ्चनपुरको पुनर्वास नगरपालिकाले अनधिकृत संरचना हटाउन थाल्येको छ । नगरपालिकास्थित आईबिआरडी बजार क्षेत्रका सडक आसपास अतिक्रमण गरी बनाइएका संरचना आइतबार देखि डोजर लगाएर भत्काउन शुरु गरिएको छ ।

सडक फराकिलो बनाउने योजनासहित अनधिकृत संरचना भत्काउन थालिएको नगरप्रमुख तोय प्रसाद शर्माले बताए ।

नगरपालिकाले आईबीआरडी क्षेत्रको बाटो नापजाँच र सीमांकन गरेर सडकमा पर्ने सम्पुर्ण अनधिकृत संरचना हटाउन २०८० बैशाख १७ गते ३५ दिने पहिलो सूचना जारी गरेको थियो ।

त्यसपछि नगरपालिकाले पुनः जेठ २२ गते ७ दिने अन्तिम सुचना सार्वजनिक गर्दा पनि सडक अतिक्रमण गरि बनाइएका घरधनीहरुले नगरपालिकाको सूचनाको बेवास्ता गरेपछी अन्तिममा डोजर चलाउन नगरपालिका बाध्य भएको योजना अधिकृत शंकर बोगटीले जानकारी दिए ।
नगरपालिकाले नगरपालिकाको पुरानो भवन देखि पश्चिम एनसिएल चोक सम्मका अनधिकृत संरचना भत्काउन थाल्येको छ ।

ताजा समाचार