महेन्द्रनगर । कम्प्युटर एशोसिएशन नेपाल महासंघ (क्यान) कञ्चनपुर शाखाको १८ औँ साधारण सम्पन्न भएको छ ।
शनिवार भीमदत्त नगरपालिकाको सभाहलमा संस्थाको साधारणसभा सम्पन्न भएको हो । साधारणसभामा जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहोराको प्रमुख आतिथ्यता तथा क्यानका केन्द्रीय उपाध्यक्ष हर्क सेठी, लुम्बिनी प्राविधिक विश्वविद्यालयका उपकुलपती प्रा. डा. विनोद प्रसाद ढकालको विशेष आतिथ्यता सम्पन्न साधारणसभाको क्यान कञ्चनपुरका अध्यक्ष धर्मराज पाण्डेयले सभाको सभापतित्व गरेका थिए ।
क्यान कञ्चनपुरका सचिव भाष्कर पन्तले संचालन गरेको कार्यक्रममा क्यान कञ्चनपुरका निवर्तमान अध्यक्ष लक्ष्मी प्रसाद जोशीले उपस्थित सम्पूर्ण सदस्य, अतिथि लगायतका महानुभावहरूलाई स्वागत मन्तव्यले सम्वोधन गरेका थिए ।
कार्यक्रममा प्रमुख अथिति जिल्ला समन्वय प्रमुख बोहोराले अहिलेको युग आइटी, एवम् कम्प्युटरको युग भएकोले यो जान्न अनिवार्य भएको बताए । ‘हाम्रो बुवाको पालमा संस्कृत जान्ने मान्छेलाई समाजले चिन्थ्यो, हाम्रा पालमा अंग्रेजी जान्नेलाई चिनिन्थ्यो र अहिले कम्प्युटर,आइटी जानेको व्यक्तिलाई समाजले चिन्छ र अहिलेको समाजको आवश्यकता पनि त्यही छ त्यसैले यसको सहि प्रयोग गर्न हामी सबैले जान्नु अनिवार्य छ ।’
साधारण सभापूर्व क्यान महासंघ शाखा कञ्चनपुरले लुम्बिनी प्राविधिक विश्वविद्यालयका सहयोगमा विद्यार्थीहरुलाई आइटीमा करिअर विषयमा सेमिनार कार्यक्रम समेत सम्पन्न गरेको थियो ।
आइटी संकायमा करिअर, यसका फाइदा, बेफाइदा लगाएतका विषयमा लुम्बिनी प्राविधिक विश्वविद्यालय इञ्जिनियरिङ्ग तथा सूचना प्रविधि अध्ययन संस्थानका डिन डा. कृति कुसुम जोशीले प्रस्तुतिकरण गरेका थिए ।