एनएमबी बैंकका ग्राहकलाई होटल स्वीट ड्रिम प्रा.लि. ले १० प्रतिशत छुट दिने

महेन्द्रनगर। एनएमबी बैंक लि. महेन्द्रनगर शाखा र होटल स्वीट ड्रिम प्रा. लि. बिच सेवा वितरणमा सम्झौता भएको छ ।

भाद्र २७ गते भएको सम्झौता अनुसार होटलले प्रदान गर्ने सेवा सुविधाहरुमा बैंकका सम्पूर्ण ग्राहकहरु र कर्मचारीहरुले बैंकको मोवाइल बैंकिङ्ग र कार्ड मार्फत भुक्तानी गरेमा १० प्रतिशत सम्मको आकर्षक छुट प्राप्त गर्न सक्ने छन् ।

एनएमबी बैकका तर्फबाट प्रदेश प्रमुख श्याम अधिकारी र होटल स्वीट ड्रिम प्रा.लि.का तर्फबाट संचालक हेमराज पनेरु र संजीव बोहराले उक्त सेवा वितरण सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

ताजा समाचार