महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पीडितका समस्याको स्थायी समाधानका लागि न्यायिक आयोग गठन गर्ने मन्त्रीपरिषदले निर्णय गरेको छ ।
शुक्रवार बसेको मन्त्रीपरिषदको बैठकले निकुञ्ज पिडितका समस्या समाधानका लागि अधिकार सम्पन्न न्यायिक आयोग गठन गर्ने निर्णय गरेको हो ।
विभिन्न ६ सूत्रीय माग राखेर आरक्ष पीडित सङ्घर्ष समितिका अध्यक्ष कर्णबहादुर चन्द र सचिव प्रेमदत्त भट्ट चार दिनदेखि माइतीघर मण्डलामा धर्नारत थिए ।
बिहीबारमात्रै उनिहरुलाई संविधान सभा सदस्य तथा सुदूरपश्चिम प्रदेश सभा सदस्य बहादुरसिंह थापा लगाएतका कञ्चनपुरका नेताहरुले आन्दोलन स्थगित गर्न आग्रह गर्दै आन्दोलन स्थगित गराएका थिए ।