क्यान कञ्चनपुरद्धारा आयोजित डाटा प्राइवेसी सम्बन्धि निशुल्क वेविनार सम्पन्न

महेन्द्रनगर । कम्प्युटर एशोसिएशन नेपाल महासंघ(क्यान) कञ्चनपुरद्धारा आयोजित डाटा प्राइभेसी सम्बन्धि निशुल्क वेविनार सम्पन्न भएको छ ।

सायम कलेज संगको सहकार्य तथा सुदूरपश्चिम विश्वविद्यालय विज्ञान तथा प्रविधि संकाय, सायम अलुमिनाई एसोसियेसन र लब प्रालिको सहयोगमा राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस–२०२४ को अवसरमा क्यान कञ्चनपुरले आयोजना गरेको निशुल्क वेविनार सम्पन्न भएको क्यान कञ्चनपुरका सचिव भाष्कर पन्तले बताए ।

उक्त वेविनारमा झण्डै १०० जनाले प्रत्यक्ष सहभागिता जनाएका थिए । पछिल्लो समय आफ्नो व्यक्तिगत, वित्तिय, व्यवसाय लगाएतको अनलाइन डाटा सुरक्षाका बारेमा जानकारी नहुदाँ अनलाईन ठगी, आइडी ह्याक हुने लगाएतका अपराध बढ्दो क्रम रहेको कुरालाई मध्यनजर गर्दै त्यसबाट बच्न डाटा प्राइभेसी अथवा आफ्नो व्यत्तिगत, वित्तिय एवम् व्यवसाय लगाएतको अनलाईन डाटा सुरक्षा वा गोपनियता सम्बन्धि जानकारी दिन वेविनार सञ्चालन गरिएको पन्तले बताए ।

डाटा प्राइभेसीका बारेमा सूचना प्राणाली अडिटर एवम् साइबर सुरक्षा विज्ञ रिदेश राईले प्रशिक्षण दिएका थिए । उक्त वेविनारबाट सहभागीहरुले आफ्नो डाटा प्राइभेसी, व्यत्तिगत, व्यवसाय लगाएतको अनलाईन डाटा सुरक्षा वा गोपनियता सम्बन्धि जानकारी प्राप्त गरेको साइबर सुरक्षा विज्ञ राईको भनाइ छ।

ताजा समाचार