कञ्चनपुरमा निरन्तर वर्षाः भीनपाले बाढीको जोखिममा रहेका बासिन्दालाई सुरक्षित स्थानमा सार्दै

महेन्द्रनगर । विहिवार देखी परेको अविरल वर्षाका कारण महाकाली नदि लगाएत खोलाहरुको जलस्तर बढिरहेको छ ।

बढ्दो जलस्तर र थप वर्षा हुने सम्भावनालाई मध्यनजर गर्दै भीमदत्त नगरपालिकाले बाढीको जोखिममा रहेका बासिन्दाहरुदलाई सुरक्षित स्थानमा सार्ने तयारी गरेको छ ।

शुक्रवार बसेको भीमदत्त नगर विपद् व्यवस्थापन समितिको आकास्मिक बैठकले बाढी, डुवानको उच्च जोखिममा रहेका बासिन्दाहरुलाई तत्काल सुरक्षित स्थानमा सार्ने निर्णय गरेको हो ।

‘निरन्तरको वर्षाले महाकाली नदि लगाएतका खोलाहरुको जलस्तर बढ्दै गएको छ ।’ नगर प्रमुख पदम बोगटीले भने ‘अझै पनि पानी पर्ने सम्भावना रहेकोले अहिले नै बाढीको जोखिममा रहेका बासिन्दाहरुलाई सुरक्षित स्थानमा सर्न आह्वान गर्ने निर्णय भएको छ ।’ उनले अगाडी भने ‘उहाँहरुलाई एनएनएसडब्लुए, निड्स नेपाल, संञ्जीवनी नेपाल लगाएतका संघसंस्थाहरुको सहयोगमा वडा कार्यालय, विद्यालयहरुमा बस्ने, खाने व्यवस्था भइरहेको छ ।’

बाढी प्रभावितहरुको सुरक्षा र प्राथमिक स्वास्थ्य उपचारका लागि प्रत्यक सेल्टरमा एक÷एक जना नगरप्रहरी, सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई समेत खटाउने निर्णय भएको नगरप्रमुख बोगटीले बताए । यस्तै उनले विपद्मा एक अर्कालाई सहयोग गर्न र सतर्कता अपनाउन समेत आग्रह गरेका छन् ।

ताजा समाचार