बिरामीका साथी इन्द्र

महेन्द्रनगर । आज भन्दा झण्डै २ वर्ष पहिला विद्यार्थीहरुको हक अधिकार र विभिन्न राजनितिक आन्दोलनमा देखिन्थ्ये भीमदत्त नगरपालिका–१८ निवासी इन्द्र साउँद ।

विगतमा विद्यार्थीहरुको हक अधिकारका लागि लड्दै गरेको अवस्थामा देखिने साउँद २ वर्ष यता विरामीहरुलाई सहयोग गरिरहेको अवस्थामा भेटिन्छन् । यद्यपी उनले विद्यार्थी राजनिति भने छोडेका छैनन् ।

साउँद नेपाल विद्यार्थी संघको केन्द्रिय सदस्य भएर समेत काम गरिरहेका छन् । २ वर्ष अघि महाकाली प्रादेशिक अस्पतालको व्यवस्थापन समिति सदस्य नियुक्त भएपछि साउँद अस्पताल परिसरमा विरामीहरुलाई सुझाव, सल्लाह, सहयोग गरिरहेको अवस्थामा भेटिन्छन् ।

अस्पतालका विभिन्न समस्या समाधानका कार्य संगैँ विरामीहरुलाई आवश्यक सहयोग गर्दै आएका साउँद आफन्त विहिन तथा समस्यामा परेका विरामीहरुका साथी बनेका छन् ।

अधिकांश बिरामीहरुलाई अस्पतालबाट प्रवाहा हुने सेवाहरु, डाक्टरहरु बारे जानकारी नहुने हुदाँ सो कारण बिरामीहरुले दुख नपाउन भन्ने उद्देश्यले सक्दो सहयोग गर्ने गरेको साउँदले बताए ।

‘अस्पतालमा बिरामीहरुलाई अस्पतालबाट हुने सेवा सुविधाका बारेमा जानकारी हुदैँन । केहि विरामी अशक्त हुने र उनिहरुसंग आफन्त साथी समेत नहुदाँ उनिहरुलाई उपचार कक्षसम्म पु¥याउने, औषधी ल्याइदिने लगाएतका सहयोग अस्पतालका कर्मचारी, व्यवस्थापन समिति हामी सबैले गर्ने गरेका छौँ ।’ साउँद अन्य सामाजिक कार्यमा समेत सक्रिय रहदैँ आएका छन् ।

ताजा समाचार