मन एक अपार शक्ति

प्रकाशित मिति:

हाम्रो शरीर भौतिक (Physical) र आध्यात्मिक (Spiritual) संरचनामा आधारित छ । भौतिक शरीर, स्थूल शरीर (Mass body) हो भने आध्यात्मिक शरीर सूक्ष्म शरीर, दिव्य शरीर, उर्जा शरीर (Energy body) को नामले अवगत छ । प्राणिक हिलिङ सिद्धान्तका प्रतिपादक मास्टर चोआ कक सुई (Master Choa KokSui) का अनुसार स्थूल शरीरको परत भएर उर्जा शरीर रहेको छ । यो स्थूल शरीरकै प्रतिरूप (छायाँ रूप) हो । स्थूल शरीरका जस्तै यसमा पनि बाहिरी र भित्री अंगहरू छन् । दुवै किसिमका शरीरहरू सँगसँगै काम गरिरहेका हुन्छन् । दुवैको अस्तित्व एक अर्कामा निर्भर छ । उर्जा शरीरमा अनेकौं चक्रहरू छन् जुन शरीरका शक्ति केन्द्रहरू (Power houses) हुन् । व्यक्तिले ब्रह्माण्डबाट, प्रकृतिबाट लिएको उर्जा यिनीहरूमा संचित हुने र आवश्यकता अनुसार विचारका तरंगहरूको माध्यमबाट अन्य व्यक्ति र वस्तुमा प्रशारण गर्न सकिने कुरा प्रमाणित भैसकेको छ ।

हाम्रो धर्मग्रन्थ गरूढपुराणमा पनि चक्रहरूको बारेमा उल्लेख गरिएको छ । अझ हाम्रै शरीर भित्र पुरै ब्रह्माण्ड समाहित भएको कुरा वर्णन गरिएको छ । यस्तो त सूक्ष्म शरीर वा उर्जा शरीरमा मात्र सम्भव हुन्छ । तर यी कुराहरू राम्ररी नबुझाइएकाले मानिसहरूमा रूचि, आस्था र विश्वास जगाउन नसकिएको अवस्था छ । पहिलेका ऋषिमुनिहरूले शास्त्र पुराणका त्यति धेरै ग्रन्थहरूको रचना गर्दा ती एक एक रहस्यमयी कुराहरूलाई अथ्र्याउन, प्रष्ट्याउन र व्याख्या गर्न सम्भव नभएकोले बुँदागत रूपमा राखिदिएको हुन सक्छ । ती कुराहरूको खोज, अनुसन्धान, परीक्षण गरी सिद्ध गर्न तिर पछि कसैको ध्यान गएन । यस्ता उपयोगी कुराहरूलाई व्यवहारमा ल्याउन सकिएन, त्यो ज्ञानबाट लाभ लिन सकिएन ।

मनुष्यदेखि लिएर प्रकृतिका सम्पूर्ण प्राणीमा स्थूल र उर्जा शरीर हुन्छ । कुनै व्यक्ति, प्राणीमा स्थूल शरीर र कसैमा उर्जा शरीर बढी सक्रिय हुने हुन्छ । उर्जा शरीर बढी सक्रिय हुँदा प्राणीमा शारीरिक र मानसिक पीडा कम महसुस हुने, मनमा शान्ति, सन्तोष, आनन्द, प्रशन्नता रहने हुन्छ । सहनशीलता, धैर्यता जस्ता गुणहरू हुने, जाडो, गर्भी, भोक, प्यास, थकान आदिले त्यति असर नपार्ने कुरा महान् व्यक्तिहरूको जीवनशैलीबाट थाहा हुन्छ । त्यसैले होला हाम्रो शास्त्रमा भनिएको छ की देवी देवताहरूलाई भोक, प्यास, जाडो गर्मीले व्याप्दैन । ती देवी देवता रूपी शक्तिहरूसँग त झन उर्जा शरीर मात्र छ । त्यसैले तिनमा असर नहुने भनिएको हो । मानिसको मृत्यु हुनुभन्दा केही पहिले शारीरिक पीडा नभएको अवस्था देखिन्छ र मान्छेहरूले पनि भन्ने गर्दछन्, मृत्यु हुनु अघि रोगले छोडिदिन्छ तर त्यस्तो होइन स्थूल शरीरले काम गर्न छोडिसकेको हुन्छ वा स्थूल शरीरको मृत्यु भैसकेको हुन्छ र त्यहाँ उर्जा शरीर मात्र जिउँदो रहेको हुन्छ, त्यसैले उर्जा शरीरमा पीडा अनुभव नभएर छिनभरको लागि व्यक्ति (प्राणी) शान्त हुन्छ ।

प्राणीमा मात्र नभई प्रकृतिका सम्पूर्ण निर्जीव वस्तुहरूमा पनि स्थूल स्वरूप जस्तै उर्जा स्वरूप वा दिव्य स्वरूप हुन्छ । हाम्रो शास्त्रमा पनि प्रकृतिका कणकणमा ईश्वरको वास हुन्छ भनिएको छ । ईश्वर भनेकै एक शक्ति हो, उर्जा हो । भौतिक विज्ञान अनुसार विभिन्न किसिमका शक्तिहरू (वलहरू) ताप, प्रकाश, ध्वनि, विद्युतीय, चुम्बकीय, गुरूत्वाकर्षण भए जस्तै अध्यात्म विज्ञानमा पनि प्रकृतिमा रहेका सम्पूर्ण निर्जीव वस्तुमा पनि शक्ति हुन्छ र त्यो शक्ति दिव्य स्वरूप (उर्जा स्वरूप)को कारणले हो भनी प्रमाणित गरिएको छ । त्यहीँ दिव्य स्वरूपसँग मानिसको भावनात्मक सम्बन्ध स्थापित भएको हुन्छ । त्यही सम्बन्धको कारण मानिसहरूले प्रकृतिको सामिप्यतामा रहेर आनन्द लिने, कैयन उपलब्धीहरू हासिल गर्ने, अनेकौं सिद्धिहरू प्राप्त गर्ने गरेका हुन्छन् । प्रकृतिको सामिप्यतामा रहनु भनेको प्रकृतिसँगको स्नेह, प्रकृतिप्रतिको समर्पण, प्रकृतिप्रतिको कृतज्ञताको भावना हुनु, सदैव प्रकृतिकै भरोसामा, संरक्षणमा, आश्रयमा बाँचिरहेको महसुस हुनु र प्रकृतिका चीजवस्तुहरूको आवश्यकता भन्दा बढी प्रयोग नगर्नु जस्ता नियमहरू अपनाउनु हो । मानिसको भावनात्मक सम्बन्ध जति मात्रामा हुन्छ त्यत्तिकै मात्रामा प्रकृतिले कृपादृष्टि राख्ने, आफ्नो दिव्य उर्जा प्रदान गर्ने हुन्छ भनिएको छ ।

दिव्य शरीर वा उर्जा शरीरमा भएका भित्री अंगहरूमा मस्तिष्क एक अंग हो जसले मानसिक एवम् बौद्धिक कार्यहरू गर्दछ जस्तै स्मृति, तर्क, कल्पना, चिन्तन, मनन् आदि । यो उर्जा शरीरको शिरभित्र रहेको मानिएको छ । त्यस्तै अर्को अंग हो तेस्रो नेत्र । यसलाई दिव्यचक्षु वा ज्ञानचक्षु पनि भनिन्छ । यो दुवै आँखीभौंको बीचमा रहेको हुन्छ भनिन्छ । यसले स्थूल आँखाले देख्न नसकेका कुरा देख्छ, भविष्यमा हुने कुराको पूर्वाभाष गराउँछ । त्यसै गरी छातिसँग रहेको हृदय उर्जा शरीरको एक महत्वपूर्ण अंग हो । यसैमा सबैभन्दा शक्तिशाली उर्जापुञ्ज आत्मामा अवस्थित हुने मानिन्छ । आत्मालाई प्राणशक्ति वा जीवनशक्ति पनि भनिन्छ । हाम्रो धर्मशास्त्र गरूढ पुराणमा अङ्गुष्ठ परिमाणको ज्योति स्वरूप आत्मा भनिएको छ । अन्य पौराणिक ग्रन्थहरूमा पनि दियो जस्तो स्वरूपको प्रकाशपुञ्ज हृदयबाट निस्केर आकाशतिर गएको सचित्र देखाइएको हुन्छ र त्यही नै मृत्यु हो भनिएको छ । हृदयमा ईश्वरको वास हुन्छ भनिन्छ । जीवन संचालन गर्ने यस्तो आत्मा रूपी शक्तिलाई त्यसैले ईश्वर भनिएको होला ।

आत्मा बाहेक हृदयभित्र मन नामक एक प्रवल शक्तिपुञ्ज रहेको छ । यसको कार्य क्षमता, कार्यक्षेत्र, सीमा अनन्त छ । अहिलेसम्म यस शक्तिको आङ्कलन कसैले पनि गर्न सकेको छैन । मस्तिष्कले गर्ने कार्यहरू पनि मनबाटै निर्देशित हुने हुन्छन् भने हृदयबाट उब्जिने संवेगहरू जस्तै दया, माया, हर्ष, विस्मात, चिन्ता, भय, क्रोध, इष्र्या, लोभ आदिलाई पनि मनले नियन्त्रण गरेको हुन्छ । यी संवेगहरू आपैmमा शक्ति हुन् । संवेगहरू जति मात्रामा सञ्चय गरियो उत्तिकै मात्रामा यिनीहरूमा बल हुने मानिन्छ । यिनीहरूको सही प्रयोगले व्यक्तिको व्यक्तित्व निखार्छ । हरेक व्यक्तिका आफ्ना व्यक्तिगत बानीव्यहोरा, बोली व्यवहार, सोच, दृष्टिकोण र सिद्धान्तहरू हुने गर्दछन् तिनीहरू पनि मनकै उपज हुन् ।

मनका विभिन्न कार्यहरू मध्ये सिकाइ क्रियाकलापमा आफ्नो भूमिका निर्वाह गर्नु एक मुख्य कार्य हो । बालबालिका वा अन्य सिकारू वर्गका सिकाइमा सफलता हासिल गराउने शक्ति मन हो । सिकारूका आफ्ना आफ्ना रूचि, क्षमता, कार्यकुशलता, बुद्धि, विवेक, ज्ञान, अनुभव आदि हुने हुँदा सिकाइको लागि सबैमा लागु गरिने सामान्य नियम, विधि र सिद्धान्तहरू मात्रको प्रयोग सिकारूको लागि पर्याप्त हुँदैन । तिनीहरू बाहेक सिकारूले आपैmँ भित्र खोजी गरेर आपूmलाई मनपर्ने, सहज लाग्ने, आफ्नो क्षमताले भ्याउने विषयवस्तु र विधिको छनौट गरेर अभ्यास, परीक्षण गर्नु पर्दछ । हरेक सिकारूका सिकाइ क्रियाकलापको एक निश्चित ढाँचा बनेको हुन्छ, जस्तै स्वाध्यायन सिकाइ अन्तर्गत सिकाइ गर्ने समय (रात, दिन, विहान, बेलुकी), एकल÷सामुहिक, सिद्धान्तमुखी÷अभ्यासमुखी, समग्र अध्ययनमा पुनरावृत्ति या खण्डखण्डमा विस्तृत अध्ययन आदि । सिकाइ उपलब्धी सिकाइमा मन लाग्नु र नलाग्नुमा भर पर्ने हुँदा मनलाई अनेक उपाय गरेर पनि सिकाइ क्रियाकलापमा लगाउनु आवश्यक हुन्छ ।

मनको शक्तिले प्रकृतिका निर्जीव वस्तुहरूलाई पनि व्यक्तिले आपूmले कल्पना गरेको स्थूल स्वरूपको सजीव अवस्थामै साक्षात्कार गराइदिएका प्रसंगहरू हाम्रा पौराणिक कथाहरूमा उल्लेख छन् । जस्तै माता सीताको धर्ति प्रवेशको घटना । वर्तमान अवस्थामा पनि कैयौं त्यस्ता घटनाहरू घटेका हुन्छन् । त्यस्तै एक ऐतिहासिक घटनाको वर्णन छ सम्राट अकबरको पालाको जसमा सङ्गीतकारहरूको प्रतिस्पर्धा गराउँदा एक जना तानसेन नामका संगीत सम्राट मानिने व्यक्तिले दीपक रागमा गीत गाएर दीप प्रज्वलन गराइ दिएका थिए अरे फेरि बैजु बाबरा नामका अर्का प्रतिस्पर्धीले मल्हार रागमा गीत गाएर वर्षात गराई दीपकहरू निभाइदिएका थिए अरे । कला, साहित्य, संगीतले मानिसमा कुण्डलिनी शक्ति जागरण गराउँछ भनिन्छ । त्यस्तै बाह्य शक्तिलाई पनि जगाउने हुन्छ होला । भावनात्मक शक्ति एक प्रवल शक्ति हो जुन मनबाटै प्रवाहित हुन्छ ।

हाम्रा विभिन्न शास्त्रहरू मध्ये ज्योतिषशास्त्र पनि एक हो । यो शास्त्र भौतिक विज्ञान र आध्यात्म विज्ञान दुवैको सम्मिश्रण शास्त्र हो । यसमा ग्रह र नक्षत्रहरूले मानिसको जीवनमा पार्ने प्रभाव बारे अध्ययन गरिन्छ । यसमा मुख्यतया जन्म कुण्डलीको अध्ययन गरी फलित गरिन्छ । त्यस्तै सामुद्रिकशास्त्र जसमा हस्तरेखा र शरीरका अंगहरूको बनौटको अध्ययन गरी व्यक्तिको जीवनको रूप रेखाको जानकारी लिइन्छ । अर्को शास्त्र छ वास्तुशास्त्र जसले गृह (घर) र जमीनको बनावटको कारणले हुने शुभता अशुभता सम्बन्धी अध्ययन र तिनका प्रभावबारे अवगत गराउँछ । यी शास्त्रहरूका आफ्ना– आफ्ना सम्बन्धित विषयका नियम, सिद्धान्त र शुत्रहरू हुन्छन् । व्यक्तिहरूले आफ्नो मनको शक्तिले ती शुत्रहरूलाई समेत गलत सावित गराई दिएका उदाहरणहरू र घटनाहरू छन् । तिनीहरू मध्येको एउटा उदाहरण हो मार्कण्डेय पुराणको कथा अनुसार ऋषि मार्कण्डेय ८ वर्षको आयु लिएर जन्मेका थिए । आमा बुबाको चिन्ताको कारण आपूm अल्पायु भएको थाहा पाए पछि मृत्युञ्जय भगवान् शिवको आराधनाले चिरञ्जीवी हुने वरदान पाए । आराधना भन्नु नै भक्ति रूपी मनको शक्ति लगाउनु हो ।

अर्को उदाहरण हो लङ्कापति रावणको जसले आफ्नो छोरा इन्द्रजितको जन्म समयमा सबै ग्रहहरूलाई आफ्नो छोराको लागि अनुकूल भएर (जन्म कुण्डलीको एघारौं स्थानमा) बस्न आदेश दियो ताकि आफ्नो छोरा जस्तो सृष्टिमै कोही नहोस् अनि ऊ महान योद्धा होस् र दीर्घायु होस् । उसको शक्तिको डरले अरू ग्रहहरूले त्यो कुरा माने तर शनिदेवले मानेनन् र बाह्रौं स्थानमा बसिदिए । अनि रावणले शनिदेवलाई उल्टोबाट (पछाडि फर्काएर) बन्दि बनाईदियो । जब इन्द्रजितको जन्म भयो त्यस बखतमा शनिदेवले इन्द्रजितलाई आफ्नो देढो दृष्टिले हेरे जसबाट लक्ष्मणको हातबाट मारिने योग बन्यो । त्यो कुरा रावणले थाहा पायो किनकि ऊ आपैm एक प्रकाण्ड ज्योतिष थियो । त्यसपछि दुःखी र क्रोधित हुँदै उसले शनिदेवको पयरमा आफ्नो गदाले प्रहार ग¥यो । त्यस प्रहारबाट शनिदेवले लङ्गडो भएर सधैंभर लड्खडाएर हिँड्नु प¥यो । परिणाम स्वरूप उनको चाल सबै ग्रहहरू मध्ये सबभन्दा धिमा (ढिलो) बन्न पुग्यो ।

दुवै पक्षको स्वभाव, नैतिकताको स्तर र समय परिवेस अनुसार व्यक्तिले आफ्नो अथवा अरूको भलाईको लागि अरूबाट सहयोग लिन आफ्नो मनको शक्ति प्रयोग गरेर कहीँअनुरोधात्मक र कहीँ आदेशात्मक शैली अपनाएको देखिन्छ जस्तै भगवान रामले लंका जानको लागि समुद्र देवसँग बाटो दिन अनुरोध गर्नु भएको थियो तर समुद्र देवले अटेरी पछि समुद्रलाई नै सुकाई दिन्छु भनी बाणमा ताँदो चढाएपछि डरले काँप्दै त्यहाँ सेतु बाँध्ने उपाय बनाई अन्तरध्यान भएको घटना रामायणमा उल्लेख छ । त्यसैले जहाँ जुन परिवेशमा जुन शैली अपनाउँदा उपयुक्त हुन्छ त्यही शैली अपनाउनु उचित हुन्छ । अर्को कुरा व्यक्तिले जस्तो जीवन जिउनु लेखेको हुन्छ मन पनि उतै उतै तिर लाग्ने हुन्छ तर आफ्नो जीवनबारे पहिल्यै थाहा भयो भने मानिसले आपूmलाई चाहिए जस्तो जीवन बनाउन तिर लागिहाल्छ । भविष्यमा आउने प्रतिकूल अवस्थाको लागि पहिल्यै सचेत हुन्छ, होसियारी अपनाउँछ, किन भाग्यको भरमा बस्ला कोही ?त्यसैले सबै कुरा पहिल्यै थाहा पाउनु पर्यो र थाहा पाउन तिर लाग्नु पर्यो । यसरी मनको शक्ति भित्र कुनै कुरा पनि असम्भव छैन भन्ने प्रसंगमा ऐतिहासिक कालका नेपोलियन बोनापार्टको दृढ निश्चयताको उदाहरण रहेको छ ।

उनको हात हेर्नेले तपाईँको हातमा त भाग्य रेखा नै छैन भने पछि उनले आपैm आफ्नो हातमा ब्लेडले भाग्य रेखा कोरेका थिए भन्ने भनाई छ । आफ्नै मनको शक्ति बारे पनि हामीले थाहा पाउनु पर्दछ र आफुमा यसको अभ्यास जारी राख्नु पर्दछ । यस्तो दिव्य शक्तिलाई कसरी बढाउने, कहाँबाट थप उर्जा (शक्ति) प्राप्त गर्ने र यसको सदुपयोग कसरी गर्ने भन्ने प्रश्न उठ्छ । यसको उत्तर यही नै हो भन्न सकिन्न तर पनि सामान्यतया यसका श्रोतहरू हुन् मान्यजनहरू, असल व्यक्तिहरूसँगको सानिध्यता, प्रकृतिसँगको निकटता साथै आपैmले बनाएका नियमहरू जस्तै बचनबद्धता, कर्तव्य परायणता, दृढ निश्चयता, श्रमशीलता, स्थित प्रज्ञता, शालीनता, सहृदयता आदि । त्यसैगरी अरू प्रतिको स्नेह, सद्भाव, दया, सत्य, निष्ठा, त्याग, सदाचार, परोपकारिता, निस्वार्थता, क्षमा जस्ता भावनाले उर्जा बढाउँछ । उच्च नैतिक बल नै उर्जाको आधार हो, त्यसैले भनिएको छ नैतिकता आफ्नै लागि हो । अनैतिक कार्यले शक्ति (उर्जा) को क्षय गराउँछ त्यसैले आफ्ना पवित्र दिव्य उर्जा संचित गर्ने र अभैm बढाउने कोशिष गर्नु पर्दछ । त्यस्तै अन्य धार्मिक क्रियाकलाप, जस्तै पूजा पाठ, तीर्थ–ब्रत, दानपुण्य, ध्यान, साधना आदिले पनि शक्ति बढाउने मानिन्छ तर मनले प्रेरित गरेमा मात्र यी कार्यहरू गरेको सार्थक हुन्छ । यसरी आर्जन गरेको शक्ति आफ्नो र अरूको भलाईमा प्रयोग गर्नु नै यसको सदुपयोग हो ।

महान व्यक्तिहरूले सधैं सत्यको मार्ग अपनाएर दिव्यता प्राप्त गरेका प्रसंगहरू मध्ये राजा युधिष्ठिरको उदाहरण लिन सकिन्छ । महाभारतको कथा अनुसार सत्य र पवित्र मनका धनी दिव्य उर्जाले भरिपूर्ण राजा युधिष्ठिर जिउँदै स्वर्ग जाँदा पहिले नर्कमा उनको नजर पर्छ । उनले टाढैबाट हेरिरहेको अवस्थामा पनि पीडामा छटपटिइ रहेका ती नर्कवासी आत्माहरूले शान्ति र आनन्दको अनुभव गर्दछन् । शारीरिक, मानसिक पीडा शान्त भएको महसुस गर्दछन् र आश्चर्य चकित भएर भन्दछन् की आज यो नर्कमा कुन पुण्यात्माको आगमन भएछ यो दिव्य अनुभव पहिलो पटक भइरहेको छ । यसै उदाहरणबाट भन्न सकिन्छ कि अरूलाई समेत सुख दिन सक्ने, आनन्दित गराउन सक्ने यो मनको शक्ति कति महत्वपूर्ण रहेछ भनेर ।

ताजा समाचार