काठमाडौँको गोंगबुमा धनगढीकी निशा सुनारको हत्या: १ लाख लुटिएको बदला लिन हत्या गरिएको पुष्टि

प्रकाशित मिति:

काठमाडौं । एक लाख रुपैयाँ लुटिएको रिस साँध्न दैलेखका एक पुरुषले काठमाडौँको गोंगबुस्थित होटलमा २५ वर्षीया युवतीको हत्या गरेको घटना सार्वजनिक भएको छ।
हिजो (मंगलबार) गोंगबुस्थित होटल माउन्टेन एल्सिभाको कोठामा दुर्गन्ध आएपछि प्रहरीले पलङमुनि लुकाइएको अवस्थामा धनगढीकी निशा सुनारको शव फेला परेको हो।
प्रहरीका अनुसार असार ३१ गते १ लाख रुपैयाँ लिएर भागेकी निशालाई दैलेखका रमेश बुढाले पुन: भेटेर सोही होटलमा पुर्‍याएका थिए। कोठाभित्र विवाद हुँदा बियरको बोतल र बेल्टले घाँटी कसेर हत्या गरी शव लुकाएर उनी फरार भएका थिए। सीसीटीभी फुटेजका आधारमा प्रहरीले मुख्य अभियुक्त बुढासहित कोठा बुक गर्ने दानबहादुर शाहीलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।

ताजा समाचार