काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको एमबिएस प्रश्नपत्र लिक काण्डमा प्रहरीले कडा कदम चालेको छ।साउन ८ गते परीक्षा सुरु हुनासाथ प्रश्नपत्र सामाजिक सञ्जालमा पुगेपछि सिआइबीले आरोपीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको हो। शिक्षा मन्त्रीको सोझो निर्देशनपछि एक्सनमा उत्रिएको प्रहरीले केही व्यक्तिलाई बिहानै पक्राउ गरेको छ।अर्कोतर्फ, विश्वविद्यालय स्वयंले पनि प्राध्यापक डाक्टर अच्युत ज्ञवालीको संयोजकत्वमा छानबिन समिति गठन गर्दै दोषीलाई कारबाही गर्ने प्रतिबद्धता जनाएको छ।




