जबरजस्ती करणी अभियोगमा कैलालीका सिताराम चौधरी पक्राउ

प्रकाशित मिति:

धनगढी । ३२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा कैलालीबाट एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा कैलालीको भजनी नगरपालिका–५, लालबोझी बस्ने ५२ वर्षीय सिताराम चौधरी रहेका छन्। उनलाई बिहीबार राति प्रहरीले नियन्त्रणमा लिएको हो।

ती महिलालाई जबरजस्ती करणी गरेको भन्दै प्रहरीमा परेको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

ताजा समाचार