काठमाडौं । जापान पठाउने प्रलोभन देखाएर साढे दुई करोडभन्दा बढी रुपैयाँ ठगी गरेको आरोपमा ग्याट्सबी इन्टरनेसनल प्रा. लि.का प्रमुख कार्यकारी अधिकृत (सीईओ) पक्राउ परेका छन्।
पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका–७ चाङ्गाथलीका २९ वर्षीय प्रतीक बुढाथोकी रहेका छन्। वैदेशिक रोजगार विभागबाट जारी भएको पक्राउ पुर्जीका आधारमा उनलाई सोमबार बुटवलबाट नियन्त्रणमा लिइएको हो।
बुढाथोकीले आफ्नो कन्सल्टेन्सीमार्फत ११५ जना युवालाई जापान वैदेशिक रोजगारीमा पठाइदिने भन्दै कुल २ करोड ८० लाख रुपैयाँ रकम उठाएर ठगी गरेको आरोप छ।
पक्राउ परेका बुढाथोकीमाथि वैदेशिक रोजगार ठगीसम्बन्धी कसुरमा थप अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।




