रास्वपाको केन्द्रीय सदस्यमा गृहमन्त्री सुधन गुरुङसहित नौ जना मनोनीत

प्रकाशित मिति:

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्यमा गृहमन्त्री सुधन गुरुङसहित नौ जना मनोनीत भएका छन्। शुक्रबार बसेको पार्टी केन्द्रीय समितिको बैठकले सभापति रवि लामिछानेको प्रस्ताव अनुसार उनीहरूलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको हो।

मनोनीत हुने अन्य नेताहरूमा पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, सामान्य प्रशासनमन्त्री प्रतिभा रावल तथा भूपदेव शाह रहेका छन्।

त्यसैगरी पुरुषोत्तम यादव, बसुमाया तामाङ, डा. मनोहर प्रधान, सुरेन्द्र चौधरी र डा. भक्तबहादुर राईलाई पनि केन्द्रीय समिति सदस्यमा मनोनीत गरिएको पार्टीले जनाएको छ।

ताजा समाचार