बाजुरामा अत्यधिक रक्तश्राव भएकी सुत्केरीको नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार

प्रकाशित मिति:

बाजुरा । सुत्केरी भएपछि अत्यधिक रक्तश्राव भई अवस्था जटिल बनेकी बाजुराको गौमुल गाउँपालिका–५, कोटकी २६ वर्षीया मनिषा रोकायाको मङ्गलबार नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ। थप उपचारका लागि उनलाई कर्णाली प्रदेश अस्पताल, सुर्खेत लगिएको छ।

गौमुल गाउँपालिका–५ स्थित आधारभूत सामुदायिक स्वास्थ्य केन्द्रमा सुत्केरी भएकी रोकायाको रक्तश्राव नरोकिएपछि आफन्तले नौ दिनपछि मात्र सोमबार जिल्ला अस्पताल बाजुरा पुर्‍याएका थिए। जिल्ला अस्पतालका अनुसार उनको शरीरमा करिब ६ प्वाइन्ट मात्र रगत बाँकी रहेको र अन्य स्वास्थ्य समस्यासमेत देखिएपछि आकस्मिक कक्षमा प्राथमिक उपचार गरी सुविधासम्पन्न अस्पताल लैजान चिकित्सकहरूले सिफारिस गरेका थिए।

प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाका अनुसार आमाको ज्यान जोखिममा परेपछि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गतको ‘राष्ट्रपति महिला उत्थान कार्यक्रम’ मार्फत नेपाली सेनाको हेलिकोप्टरबाट आकस्मिक उद्धार गरिएको हो।

ताजा समाचार