बजेटप्रति असन्तुष्टि जनाउँदै सुदूरपश्चिमका एमाले सांसद वीरबहादुर थापाद्वारा राजीनामा

प्रकाशित मिति:
spot_img

धनगढी – सुदूरपश्चिम प्रदेशसभा सदस्य तथा नेकपा (एमाले) का नेता वीरबहादुर थापाले प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएका छन्। पूर्वमन्त्रीसमेत रहेका सांसद थापाले सभामुखसमक्ष आफ्नो राजीनामा पत्र बुझाएका हुन्।

चालु आर्थिक वर्ष २०८३/८४ को बजेटप्रति तीव्र असन्तुष्टि जनाउँदै उनले राजीनामा दिएको स्रोतले बताएको छ। यद्यपि, उनको राजीनामा अहिलेसम्म स्वीकृत भइसकेको छैन। थापाको राजीनामा स्वीकृत नगर्न पार्टी केन्द्रका शीर्ष नेताहरूले दबाब दिइरहेको बताइएको छ।

सुदूरपश्चिम प्रदेशसभाबाट मंगलबार मात्रै चालु आर्थिक वर्षको बजेट पारित भएको थियो। बजेट निर्माण र विनियोजनलाई लिएर विवाद बढेपछि बजेटमाथि छानबिन समिति गठन गर्ने र छिट्टै पूरक बजेट ल्याउने विषयमा सत्तारूढ दलहरूबीच सहमति भएको थियो। तर, बजेट पारित भएकै भोलिपल्ट सत्ता साझेदार दल एमालेकै सांसद थापाले राजीनामा बुझाएपछि प्रदेश राजनीतिमा नयाँ तरंग पैदा भएको छ।

spot_img

ताजा समाचार