काठमाडौं । मकवानपुरको भीमफेदीमा आज बिहान सुमो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन्।
बिहान ८:३० बजे हेटौँडाबाट काठमाडौँ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो त्रिभुवन राजपथबाट राप्ती खोलामा खसेर दुर्घटना भएको हो। चालकसहित १० जना सवार सुमो दुर्घटनामा परेका घाइते तथा मृतकलाई उद्धार गरी हेटौँडा अस्पताल ल्याइएको छ भने दुर्घटनाबारे थप विवरण आउन बाँकी छ।






