बिकाश सिंह महता /कञ्चनपुर । कञ्चनपुर जिल्लाको महेन्द्रनगरमा शिक्षा विधेयक २०८० संशोधन लगायत माग राख्दै विरोध र्याली निकालेको छ।
सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पस शिक्षाशास्त्र संकाय स्नातकोत्तर चौथो सेमेस्टरमा अध्यनरत विद्यार्थी सुरज थापाको नेतृत्वमा प्रधानमन्त्री लाई ज्ञापनपत्र बुझाएका छन् ।
बुधबार स्नातक र स्नातकोत्तर संकायमा अध्यनरत विद्यार्थीहरु को संयुक्तरूपमा निकालेको र्यालीले कञ्चनपुर जिल्ला प्रशासन कार्यालय प्रमुख जिल्ला अधिकारी (सिडियो) गोपाल प्रसाद अधिकारी लाई मार्फत प्रधानमन्त्री लाई ज्ञापनपत्र बुझाएको सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पसमा शिक्षाशास्त्र संकायमा स्नातकोत्तर चौथो सेमेस्टरमा अध्यनरत विद्यार्थी पदम राज भट्ट जानकारी दिनु भयो।
उननले निम्न माग राख्दै ज्ञापनपत्र बुझाएको हो। राहत करार / शिक्षक लाई आन्तरिक सत प्रतिशत नगरी ५० प्रतिशत गर्नु पर्ने र विशेष पाठ्यक्रमको व्यवस्था नगरी वर्तमानको पाठ्यक्रम लाई लागू हुनु पर्ने लगायतका माग अघि सारेका छन् ।
ज्ञापनपत्रमा राहत र अनुदान का कम्तिमा पनि १५ वर्ष सेवा अवधि पुरा गरेका र ४० वर्ष नाघेका शिक्षक लाई मात्रै आन्तरिक मा समेट्नुपर्ने र आन्तरिक ५० प्रतिशत मात्रै हुनुपर्ने,अन्य शिक्षकहरुले एक पटक का लागि उमेरहद नलाग्ने गरि खुलाबाट लड्नुपर्ने ब्यवस्था गर्ने, साविक +२ अनुदान लाई मा वि तृतिय मा मात्रै लड्ने व्यवस्था गर्नुपर्ने, आन्तरिक र खुला को पाठ्यक्रम एउटै अहिलेकै व्यवस्था अनुसार हुनुपर्ने, विशेष पाठ्यक्रम बनाइ अयोग्य व्यक्ति भित्रयाउने गलत व्यवस्था को अन्त्य गर्नुपर्ने र करार एवं शिक्षण सिकाइ अनुदान का शिक्षक हरुलाई पनि भोलिको समस्या को आँकलन गर्दै समस्या नआऊन भन्ने तिर ध्यान दिनुपर्ने पाँच बुदे माग राख्दै ज्ञापनपत्र बुझाएको छ।




