बाढी प्रभावित क्षेत्र निरीक्षण गर्न प्रधानमन्त्री वालेन्द्र शाह नुवाकोट प्रस्थान

प्रकाशित मिति:

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र पूर्वाधार विकासमन्त्री सुनील लम्साल बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि नुवाकोटको विदुरतर्फ प्रस्थान गर्नुभएको छ। उहाँहरू आज बिहान ९:३० बजे सडकमार्ग हुँदै प्रभावित बस्तीहरूको अवस्था बुझ्न विदुर जानुभएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिनुभयो।

बुधबार भोटेकोशी नदीमा आएको बाढीपछि उद्धार र राहत कार्यको निरन्तर सहजीकरण गरिरहनुभएका प्रधानमन्त्री शाहले आज विदुर तथा आसपासका क्षेत्रको क्षतिबारे प्रत्यक्ष जानकारी लिनुहुनेछ।

भ्रमणका क्रममा प्रधानमन्त्रीको टोलीले स्थानीय प्रशासन, सुरक्षा निकाय र जनप्रतिनिधिसँग राहत, पुनःस्थापना र अवरुद्ध पूर्वाधार सञ्चालनबारे छलफल गरी निर्माण तथा सहायता कार्यलाई तीव्र पार्न निर्देशन दिने कार्यक्रम छ।

ताजा समाचार