छैटौं वार्षिकोत्सवमा सिटिजन लाइफ इन्स्योरेन्सद्वारा नेत्रहीन संघलाई सेतो छडी वितरण

प्रकाशित मिति:

कञ्चनपुर । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो छैटौँ वार्षिक उत्सवको अवसरमा आयोजित कञ्चनपुर नेत्रहीन संघलाई सेतो छडी वितरण गरेको छ।

आज शुक्रबार कञ्चनपुर नेत्रहीन संघको कार्यालयमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको तर्फबाट कञ्चनपुर जिल्लामा रहेका दृष्टिविहिन व्यक्तिहरूका लागि सय वटा सेतो छडी वितरण गरेको हो ।

सबैभन्दा विश्वासिलो र ग्राहकवर्गको पहिलो रोजाइको जीवन बीमा कम्पनी बन्ने उद्धेश्यका साथ अघि बढ्दै सफलताको छैटौँ वर्ष पुरा भएको सुखद अवसरमा,दृष्टिविहिन व्यक्तिहरूका लागि सेतो छडी वितरण गरेको सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका शाखा प्रमुख गंगाराम जोशीले बताए। उनले आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता जनाए छन् ।

कञ्चनपुर नेत्रहीन संघका अध्यक्ष प्रेम बहादुर बोहोराले पनि दृष्टिविहिन अपाङ्गता व्यक्तिहरूका लागि आँखाको दोस्रो रूप सेतो छडी वितरण गरेकोमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा थप सेवा सुविधाको अपेक्षा राखेको बताएका छन् ।

ताजा समाचार