बेलडाँडी गाउँपालिकामा रामलिला कार्तिक १० गते भोलि देखि सुरु हुने

प्रकाशित मिति:

कञ्चनपुर। बेलडाँडी गाउँपालिकामा कार्तिक १० गते (भोलि) देखी रामलिला सुरु हुने भएको छ।

विगतका वर्ष झै यस वर्ष पनि बेल्डाँडी रामलिला समितिले बेलडाँडी गाउँपालिका वडा नम्बर २ स्थित रहेको बषपार्क क्षेत्रमा कार्तिक १० गते शुक्रबार देखि २४ सम्म रामलिला मञ्चन गर्ने निर्णय संगै भोलि देखी आयोजना गर्न लागेको रामलिला समितिले जानकारी दिएको हो।

बेलडाँडीमा हुने रामलिलाको तयारी अन्तिम चरणमा पुगेको र भोलि एक कार्यक्रमका बीच रामलिला उद्धघाटन हुने बेलडाँडी रामलिला समितीले जनाएको छ ।

ताजा समाचार