बेल्डाँडी । बेलडाँडी गाउँपालिकामा आज देखि रामलिला शुरु भएको छ । विगतका वर्ष झै यस वर्ष पनि बेल्डाँडी रामलिला समितिले बेलडाँडी गाउँपालिका वडा नम्बर २ स्थित रहेको बषपार्क क्षेत्रमा आज कार्तिक १० गते शुक्रबार देखि २४ सम्म रामलिला मञ्चन गर्ने निर्णय संगै आज एक कार्यक्रम बीच रामलिला उद्धघाटन भएको हो ।
उक्त रामलिला प्रदेश सभा सदस्य एव संविधान सभा सदस्य दिवान सिह विष्टले उद्घाटन गरेका छन । विष्टको रामलिला महोत्सवको उद्घाटन गर्दै समाजिक सद्भाव, नैतिकताका पक्षमा रामलिलालाई जोड्दिएका छन्।

कार्यक्रममा प्रमुख अतिथी प्रदेश सभा सदस्य एव संविधान सभा सदस्य दिवान सिह विष्ट,बिशिष्ठ अतिथि बेलडाँडी गाँउपालिका प्रमुख हरिशचन्द्र राना, उपप्रमुख शान्ति नाथ,बेलडाँडी रामलिला समितिका संयोजक कमान सिह विष्ट, बेलडाँडी रामलिला समितिका महासचिव जय बहादुर कुँवर पालिका वडा अध्यक्ष,वडा सदस्य लगायत स्थानीयहरुको उपस्थिति रहेको थियो।
लोक संस्कृतीको संरक्षण संचालन गर्न लागिएको रामलीला नाट्य श्रंखलालाई सफल बनाउन सबै आम सर्वसाधारण सबैलाई सहभागी भइदिन हुन समेत आयोजक समितिले आह्वान गरेको छ ।





