कञ्चनपुर । एनएमबी बैंक लि.महेन्द्रनगर शाखा र गन्गोत्री गोल्ड रेष्टुरेन्ट बिच सेवा वितरणमा सम्झौता भएको छ ।
आज सोमबार एनएमबी बैकका तर्फबाट प्रदेश प्रमुख श्याम अधिकारी र होटल गन्गोत्री गोल्ड रेष्टुरेन्टका तर्फबाट संचालक जगदिश चन्द्र भट्टले उक्त सेवा वितरण सम्झौतामा हस्ताक्षर गर्नु भएको हो ।

उक्त सम्झौता अनुसार होटलले प्रदान गर्ने सेवा सुविधाहरुमा बैंकका सम्पूर्ण ग्राहकहरु र कर्मचारीहरुले बैंकको मोवाइल बैंकिङ्ग र कार्ड मार्फत भुक्तानी गरेमा १० प्रतिशत सम्मको आकर्षक छुट प्राप्त गर्न सक्ने छन् ।



