एनएमबी बैंक लि. र लाईफ केयर प्याथोलोजी प्रा.ली. बिच सेवा वितरणमा सम्झौता

प्रकाशित मिति:

कञ्चनपुर । एनएमबी बैंक लि.महेन्द्रनगर शाखा र लाईफ केयर प्याथालोजी प्रा.ली. बिच सेवा वितरणमा सम्झौता भएको छ ।

आज मंगलबार एनएमबी बैकका तर्फबाट प्रदेश प्रमुख श्याम अधिकारी र लाईफ केयर प्याथोलोजी प्रा.ली.का तर्फबाट संचालक रमेश चन्द्र ओझाले उक्त सेवा वितरण सम्झौतामा हस्ताक्षर गर्नु भएको हो।

उक्त सम्झौता अनुसार प्याथोलोजीले प्रदान गर्ने सेवा सुविधाहरुमा बैंकका सम्पूर्ण ग्राहकहरु र कर्मचारीहरुले ल्याव जाँचहरुमा २० प्रतिशत, क्लिनिकल प्रक्रियाहरूमा १० प्रतिशत, रेडियोलोजी सम्बन्धी जाँचहरूमा १० प्रतिशत र औसधीहरुमा ५ प्रतिशत सम्मको आकर्षक छुट प्राप्त गर्न सक्ने छन् ।

एनएमबी लि.को मोवाइल बैंकिङ्ग र कार्ड मार्फत भुक्तानीको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिने छ ।

ताजा समाचार