प्रदेश सभा सदस्य दिवान सिंह बिस्टद्वारा बेलडाँडीमा प्रथम टि-२० बेलडाँडी क्रिकेट मेलाको उद्धघाटन

प्रकाशित मिति:

 कञ्चनपुर । बेलडाँडी युवा समाजको आयोजनामा भएको प्रथम टि-२० बेलडाँडी क्रिकेट मेला २०८० को आज उद्धघाटन भएको  छ।

बेलडाँडि गाउँपालिका वडा नम्बर – २ अवस्थित रौलेश्वर माध्यमिक विद्यालयको खेल मैदानमा सञ्चालन भएको क्रीकेट मेलाको आज (शुक्रबार) उद्धघाटन समारोहमा प्रमुख अतिथी माननीय संविधान सभा सदस्य तथा प्रदेश सभा सदस्य दिवान सिंह बिस्ट, बेल्डाँडी गाँउपालिका अध्यक्ष्य हरीश चन्द्र राना, उपाध्यक्ष्य शान्ति नाथ,बेलडाँडी युवा समाजका अध्यक्ष दिनेश राज भट्ट,स्थानिय जनप्रतिनिधिलगायत  खेलाडी,खेल प्रेमीहरुको उपस्थिति रहेको थियो।

उक्त उद्धघाटनमा प्रमुख अतिथी समेत रहनु भएका माननीय दिवान सिंह बिस्टले फुटबल खेल जस्तै क्रिकेटमा पनि खेलाडीहरूको चासो बढेको र खेलाडीहरु पनि राष्ट्रिय स्तरसम्म पुग्ने विश्वास रहेको बताउनु भयो ।

बेलडाँडी क्रीकेट मेला २०८० मा कञ्चनपुर जिल्लाको क्षेत्र नम्बर १ बाट २८ टिमको सहभागिता रहेको छ। जसमा दुई समुहमा बिभाजन गरिएको आयोजकले जानकारी दिएको छ।

उक्त खेल “लागू औषधि त्यागौ,स्वास्थ जिवनका लागि खेल तर्फ लागौं” भन्ने मूल नाराका साथ आज कार्तिक १७ गते देखि २५ गते सम्म सञ्चालन हुने भएको छ।

प्रतियोगिताको विजेताले ५५ हजार ५ सय ५५ नगद, ट्रफी र प्रमाण प्राप्त गर्नेछ। उपविजेताले २५ हजार ५ सय २५ नगदसहित ट्रफी र प्रमाण पत्र मेडल हात पार्ने छ।प्रत्येक खेलमा मेन अफ द म्याच, मेन अफ द सिरिज, बेस्ट व्याट्सम्यान, बेस्ट बलर पुरस्कारको समेत व्यवस्था रहेको छ ।

ताजा समाचार