कञ्चनपुर ।अमर शहीद भीमदत्त पन्तको ९८अौं जन्म जयन्ती कार्यक्रम मनाइएको छ।
अाइतबार भिमदत्त नगरपालीकास्थित पार्कमा रहेको भीमदत्त पन्तको शालिकमा माल्यार्पण गरी मनाइएको हो।अमर शहीद भीमदत्त पन्त स्मृति प्रतिष्ठान केन्द्रीय कार्यालय कन्चनपुरले अायोजना गरेको जन्मजयन्ती कार्यक्रममा नेकपा एमालेका प्रदेश कमिटी उपसचिव नर बहादुर बिक प्रमुख अतिथि रहेका थिए। उक्त कार्यक्रममा विशिष्ट अतिथी भीमदत्त नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष तथा नगर प्रवक्ता महेन्द्र खड्का, भीमदत्त नगरपालिका वडा नम्बर १८ का वडाध्यक्ष रवीन्द्र देवकोटा, भीमवाटिका अध्यक्ष प्रसान्त भट्ट रहनुभएको थियो।
कार्यक्रममा बोल्दै प्रतिष्ठान का सचिव कर्ण बहादुर चन्दले शालिक माथी भएको तोडफोड गरिनु निन्दनिय रहेको बताए । उनले उक्त शालिक तोडफोडमा संलग्न रहेका सबै व्यक्तिहरूलाई कानुनी कारवाही हुनु पर्ने बताए ।
भीम वाटिकाका अध्यक्ष प्रसान्त भट्टले अमर शहिद पन्त महान व्यक्ति माथि के को ऋषले शालिक तोडफोड गरेको भन्दै उक्त तोडफोड गर्ने माथि कडा भन्दा कडा सजाय दिन आग्रह गरे ।
भीमदत्त नगरपालिका १८ का वडा अध्यक्ष रविन्द्र प्रशाद देवकोटाले भीमदत्त पन्त जस्ता महान व्यक्ति घर घरमा जनमेउन भन्दै उनले शालिक माथी भएको तोडफोड कार्य अराजकता भएको बताएका छन्। उनले भने, “हरेक राजनीतिक कर्यक्रतले राजनीति संस्कार सिक्नु जरुरी छ,गलतलाई गलत सहिलाई सही भन्नु पर्छ सालिक फोड्दैमा इतिहास मेटाइने छैन भीमदत्त पन्तको आफ्नै इतिहास छ ।”
प्रतिष्ठानका कार्य वाहक अध्यक्ष हरि प्रसाद जोशीको अध्यक्षता मा गरिएको माल्यार्पण कार्यक्रम मा स्वागत मन्तव्य प्रतिष्ठानका सचिव कर्ण बहादुर चन्द, कार्यक्रमको संचालन प्रतिष्ठान का सदस्य अम्बा दत्त तिवारी गर्नु भएको थियो।







