“विपत्तिमा आउने अनिकालहरू फरकफरक हुन्छन् ।”

प्रकाशित मिति:

विपत्तिमा आउने अनिकालहरू फरकफरक हुन्छन्
भोकापेटले उठाउने सवालहरू फरकफरक हुन्छन्

असफलताका पर्खालहरू उस्तै भएपनि विपनीमा
स्वप्निल संसारका पर्खालहरू फरकफरक हुन्छन्

ज्यानै-लिन सक्छन्, यहाँ स्वतन्त्रताको प्रलोभनमा
मित्रहरूले गर्ने अंकमालहरू फरकफरक हुन्छन्

किन्न खोज्छन् इमान, लुट्न खोज्छन्, इज्जत
यार र ,प्यारका दलालहरू फरकफरक हुन्छन्

महिना, गते, बारहरू रहिरहन्छन् उस्तै
किन हरेक सालहरू फरकफरक हुन्छन्?

आँसु पुछ्न पुग्छन्, घाटीको, पासो बन्न पुग्छन्
चिनो उपहारका रुमालहरू फरकफरक हुन्छन्
– प्रेम उत्सव बझाङ ।

ताजा समाचार