कञ्चनपुर । कञ्चनपुर जिल्लामा लैङ्गिक समानता नीति कार्यान्वयन सम्बन्धि कार्यक्रम सम्पन्न भएको छ ।
महिला वालवालिका तथा ज्येष्ठ नागरीक मन्त्रालयको आयोजनामा राष्ट्रिय लैङ्गिक समानता निति २०७७ तथा राष्ट्रिय लैङ्गिक समानता निति कार्यान्वयन कार्य योजनाको अभिमुखीकरण तथा प्रचार प्रसार कार्यक्रम सञ्चालन गरेको हो ।
उक्त कार्यक्रममा प्रमुख अतिथी जिल्ला समन्वय समितिका प्रमुख दुर्गा दत्त बोहोरा, सभापतिमा माहिला वालवालिका तथा ज्येष्ठ नागरीक मन्त्रालयका सहा सचिम रामकृष्ण लामिछाने,विशिष्ट अतिथिमा बेतकोट नगरपालिकाका मेयर भोज राज बोहोरा, अतिथिमा जिल्ला समन्वय समितिका उपप्रमुख रामकुमारी राना,लगायत सुदुरश्चिम भरका स्थानिय जनप्रतिनिधि विभिन्न संघ संस्थाका व्यक्तिहरूको उपस्थिति रहेको थियो
उक्त कार्यक्रममा प्रमुख अतिथी समन्वय समितिका प्रमुख ले भने,”लैङ्गिक असमानता महिला बाटै हुने भएकाले महिलाले नै लैङ्गिक समानताको नेतृत्वको निभाउनु पर्ने छ, यस लाई अभियानको रुपमा अघि बढाउन जरूली रहेको बताएका छन् ।”
लैङ्गिक समानता निति कार्यान्वयन कार्य योजनाको अभिमुखीकरण तथा प्रचार प्रसार कार्यक्रममा उक्त मन्त्रालयका सचिव ममता वास्तोलाले सरकारले सञ्चालन गरेका कार्यक्रमहरुलाई प्रभावकारी र परिणाममुखि बनाउन स्थानिय पालिकाहरुले सशक्त भूमिका निर्वाह गर्नुपर्ने बताएकी छिन्।
सामाजिक विकास मन्त्रालयमा महिला लैङ्गिक हिंसा प्रतिकार्य विज्ञ मेनुका बस्नेत विष्टले,”समाजमा महिलाले विभिन्न कारणले दुःख खेप्नु परेको भन्दै कानुनले निषेध गरेका छाउपडी, दाइजो, छुवाछुत जस्ता प्रथा र अन्धविश्वासका कारण धेरै महिला दिदीबहिनीहरू अझै पनि हिंसा, विभेद र अपमानजन्य पीडा खप्न बाध्य छन् र त्यसैलाई मध्यनजर गरी सरकारीले स्थानिय स्तरसम्म जनचेतना फैलाउन उनिहरुलाई महसुस गराएर आफ्नो ठाउँमा नेतृत्व गराउन यो कार्यक्रम आवश्यक रहेको उहाँको भनाई छ ।”
लैङ्गिक समानतालाई विकास र समृद्धिका सवालका रुपमा स्थापित नगरेसम्म देशमा दिगो विकास, समानता, शान्ति र समृद्धिको स्थापना हुन सकेको छैन नेपाल सरकारले पनि लैङ्गिक हिंशााको सम्वोधनका लागि नितिगत व्यवस्थाका साथै विभिन्न कार्यक्रमहरु तय गरेको छ । तर पनि नेपाली समाजमा महिला भएकै कारण हुने विभेदका परिणाम स्वरुप महिलामाथि हुने हिंसाले निरन्तरता पाईरहेका छन त्यसैले हिंसा न्युनिकरणका सवालमा सरकारी तथा गैर सरकारी संस्थाहरुका प्रयासहरुलाई सार्थक बनाउन नागरीक स्तरमा अझै सचेतना फैलाउन आवश्यक रहेको सरोकारवालाहरु वताउँछन ।




