कञ्चनपुर/मंसिर३०। कञ्चनपुर जिल्लाको बेल्डाँडी गाउँपालिकामा पुस एक गते आँख उपचार केन्द्रको उद्घाटन हुने भएको छ ।

बेलडाँडी गाउँपालिकाको आर्थिक सहयोगमा स्थापना हुन् गइरहेको उक्त गाउँपालिकाको पछाडि आँखा उपचार केन्द्रको भवनमा पुस एक गते दिउँसो एक बजे प्रदेश सभा सदस्य दिवान सिह बिष्टद्वारा उद्घाटन हुने भएको छ।
उक्त दिन आँख उपचार केन्द्रको उद्घाटनका साथै आँखा जाँच सेवा निशुल्क उपचार हुने बेल्डाँडी गाउँपालिकाका सचिव कुलै राज उपाध्यायले जानकारी दिएका छन्।



