बेलडाँडी । कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा आँखा उपचार केन्द्र संचालन गरिएको छ ।
आजआइतबार एक कार्यक्रमको आयोजना गर्दै पालिकाले संविधान सभा सदस्य एवं सुदुर पश्चिम् प्रदेश सभा सदस्य दिवान सिंह बिष्टद्धारा उपचार केन्द्रको उदघाटन भएको हो ।
कार्यक्रमका सभापति बेलडाँडी गाउँपालिकाका अध्यक्ष हरिशचन्द्र राना,प्रमुख अतिथी संविधान सभा सदस्य एवं सुदुर पश्चिम् प्रदेश सभा सदस्य दिवान सिंह बिष्ट,बिशिस्ट अतिथी नेपाल नेत्र ज्योति संघ कैलालीका अध्यक्ष एवं गेटा आँखा अस्पताल ब्यवस्थापन समितीका अध्यक्ष लोकराज जोशी ,नेपाल नेत्र ज्योति संघ कञ्चनपुरका अध्यक्ष डाक्टर भोजराज पन्त,गेटा आँखा अस्पतालका प्रमुख सुरेशराज पन्त ,बेलडाँडी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गजेन्द्र प्रकाश थारु लगायत पालिकाका विभिन्न शाखा प्रमुख एवं प्रतिनिधि ,कार्यपालिका सदस्य ,विभिन्न पार्टीका प्रतिनिधि ,समाजसेवी, बुद्धिजीवी लगायत स्थानीयहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि संविधान सभा सदस्य एवं सुदुरपश्चिम प्रदेश सभा सदस्य बिष्टले बेलडाँडीमा आँखा उपचार केन्द्र स्थापनाका लागि आफूले विगत लामो समयदेखि गरेको प्रयास सफल भएको बताउनु भयो । गेटा आँखा अस्पतालले विगतमा बेलौरीमा पनि सेवा प्रदान गरेको र अब बेलडाँडीका नागरिकका लागि समेत सेवा प्रदान गर्न तयार भएकोमा धन्यवाद ज्ञापन गर्नुभयो ।
कार्यक्रमको सभापति बेलडाँडीका पालिका अध्यक्ष हरिशचन्द्र रानाले बेलडाँडीका आँखा विरामीहरुले धनगढी महेन्द्रनगर धाउनु पर्ने बाध्यतालाई अन्त्य गर्नका लागि यहि उपचार केन्द्र स्थापना गरेको बताउनुभयो । बेलडाँडी आँखा उपचार केन्द्र स्थापना, स्वास्थ्य व्यवस्थापन, एम्वुलेन्स सेवा, १५ सैया अस्पताल स्थापना, विभिन्न पुलपुलेसा, सडक, विद्युत लगायतका महत्वपुर्ण कुरामा सहयोग गर्ने माननीय दिवान सिंह बिष्टलाई विशेष धन्यवाद दिदै आगामी दिनमा समेत यस्तै सहयोगको अपेक्षा गर्नु भयो ।
कार्यक्रमको उदघाटन संगै पहिलो दिन दुई घण्टामा ८६ जनाले सेवा प्राप्त गरेको अध्यक्षका स्वकीय सचिव कुलैराज उपाध्यायले जानकारी गराउनु भयो ।
आँखा उपचारमा आएका विरामीहरु आँखा उपचार सेवा प्राप्त गर्दा हर्षित भएका छन् ।



