जनज्योती क्याम्पसमा नेविसंघले राख्यो सुझाव एवम् गुनासो पेटि

प्रकाशित मिति:

महेन्द्रनगर । नेपाल विद्यार्थी संघले भीमदत्त नगरपालिका–१८ स्थित जनज्योती बहुमुखी क्याम्पसमा सुझाव एवम् गुनासो पेटी राखेको छ । उक्त सुझाव एवम् गुनासो पेटीमा विद्यार्थीहरुले आफ्ना विभिन्न समस्या र सुझावहरु राख्न सक्ने नेविसंघले जनाएको छ ।

विहिवार नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्य सन्जय अधिकारी नेतृत्वका विद्यार्थी नेताहरुले क्याम्पसमा सुझाव एवम् गुनासो पेटी राखेका हुन् ।

विद्यार्थीहरुलाई परेका विभिन्न समस्या संकलन हुने गरि सुझाव एवम् गुनासो पेटी राखिएको नेविसंघ केन्द्रिय सदस्य अधिकारीले बताए ।

विद्यार्थीहरुले आफुलाई परेका समस्या उक्त बक्स मार्फत नेविसंघ जानकारी गराउन सक्नेछन् र नेविसंघले विद्यार्थीका वास्तविक समस्या समाधानका लागि आवाज उठाउने र लड्ने उनले बताए ।

ताजा समाचार