कञ्चनपुर/पुस१२ । कञ्चनपुरको बागफाँटाकी एक बालिकामाथि बलात्कार भएको छ ।
भीमदत्त नगरपालिका १९ बागफाँटाकी १७ बर्षिया बालिकामाथि पुष १० गते साँझ तिर बलात्कार भएको हो । बलात्कार भएको पीडित पक्ष प्रहरी कहाँ पुगेर उजुरी दिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रकास डाँगीले बताए । प्रवक्ता डाँगीका अनुसार पीडित पक्षबाट आएको जाहेरीका आधारमा २७ बर्षिया प्रेम प्रकास जोशीलाई पक्राउ गरिएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।


