दोस्रो युद्ध विराममा विपिन रिहा हुने विश्वास लिएको छुः परराष्ट्रमन्त्री साउँद

प्रकाशित मिति:

महेन्द्रनगर । नेपाल सरकारका परराष्ट्रमन्त्री नारायण प्रकाश साउँदले विपिन जोशीको रिहाईका लागि सरकारका तर्फबाट गर्न सकिने सम्पूर्ण प्रयास भएको बताएका छन् ।

आइतबार गृहजिल्ला कञ्चनपुर पुगेका मन्त्री साउँदले प्यालेस्टिनी विद्रोही समूह हमासको कब्जामा रहेका कञ्चनपुरका विपिन जोशीको रिहाइका लागि सरकार लागिरहेको र सरकारका तर्फबाट गर्न सकिने सम्भव सम्पूर्ण प्रयास गरिएको भन्दै दोस्रो युद्ध विराममा रिहा हुनेमा आफुले विश्वास लिएको बताएका हुन् ।

‘विपिनको रिहाइका लागि सरकारको तर्फबाट गर्न सकिने सम्भवत सम्पूर्ण प्रयास मैले गरेको छु । मैले शक्ति राष्ट्रहरु संग, इजरायल, प्यालेस्टिनीसंग राम्रो समन्वयमा रहेको कतारको सबै च्यानलमा कुरा छलफल गरेको छु ।’ उनले भने ‘कतार भ्रमणको बेला विपिन नेपालको बच्चा हो,उसको रिहाइका लागि कुरा गरेको थिए र जवाफमा कतारले दोस्रो युद्ध विरामका लागि हामी प्रयास गरिरहेका छौँ र दोस्रो युद्ध विराम हुने वित्तिकै उच्च प्राथमिकताका साथ विपिनको रिहाका लागि पहल गछौँ भनेर भनेका छन् ।’

उनले अगाडी भने ‘पहिलो युद्ध विरामका समयमा महिला र वृद्धवृद्धाहरुले प्राथमिकता पाएका थिए । दोस्रो युद्ध विराममा हाम्रो बच्चा आफ्नो घर,नेपालमा आउने छ हामी ल्याउन सफल हुनेछौँ भन्ने मैले विश्वास लिएको छु ।’ उनकाअनुसार दलालहरुको प्रलोभनमा परेर केही नेपाली नागरिकहरु युद्धग्रस्त रुस पुगेका छन् र केहीको मृत्यु भएको छ । उक्त समस्या समाधानका लागि ?ससंग समेत छलफल गरिरहेको मन्त्री साउँदले बताए ।

ताजा समाचार