एनपिएल खेल्न वेस्ट इन्डिजका फेबियन एलेन काठमाडौँ आइपुगे

प्रकाशित मिति:
spot_img

काठमाडौं । वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण खेल्न काठमाडौँ आइपुगेका छन्। सुदूरपश्चिम रोयल्सबाट प्रतियोगिता खेल्न आएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा टोलीका प्रतिनिधिहरूले स्वागत गरेका हुन्।

एलेनले वेस्ट इन्डिजको राष्ट्रिय टोलीबाट २० एकदिवसीय र ४२ टी–२० अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन्। उनले एकदिवसीय क्रिकेटमा २०० रन बनाउनुका साथै सात विकेट लिएका छन् भने टी–२० अन्तर्राष्ट्रियमा २९८ रन बनाउँदै २४ विकेट लिएका छन्। समग्र टी–२० क्रिकेटमा उनले १७८ खेल खेल्दै एक हजार ६३४ रन बनाएका छन्।

इन्डियन प्रिमियर लिग (आइपिएल), क्यारेबियन प्रिमियर लिग (सिपिएल), बिग बास लिग, पाकिस्तान सुपर लिग, लङ्का प्रिमियर लिग तथा मेजर लिग क्रिकेटजस्ता विश्वका चर्चित फ्रेन्चाइज लिग खेलिसकेका एलेनका लागि एनपिएल नवौँ व्यावसायिक लिग हो।

spot_img

ताजा समाचार