अनसनरत डा.केसीसँग सरकारको संवाद सुरु

प्रकाशित मिति:

कैलाली । विभिन्न पाँचबुँदे माग राखी धनगढीमा अनसनरत डा. गोविन्द केसीसँग सरकारले सहमतिको प्रयास सुरु गरेको छ। शिक्षा सचिव चुणामणि पौडेलले शनिवार सेती प्रादेशिक अस्पताल पुगेर डा. केसी र उनका सहयोगीसँग अनौपचारिक छलफल गरेका छन्। आइतबार प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकारसहितको टोली पुगेपछि औपचारिक वार्ता हुनेछ। स्वास्थ्यमा समस्या देखिएपछि डा. केसीलाई शनिवार धर्मशालाबाट सेती प्रादेशिक अस्पतालको आइसियूमा सारेर उपचार भइरहेको छ।

ताजा समाचार