जेन-जी’ आन्दोलनको सफलतासँगै भारतमा चर्कियो सरकारविरोधी प्रदर्शन

प्रकाशित मिति:

काठमाडौं । नीट परीक्षाको प्रश्नपत्र चुहावट प्रकरणलाई लिएर भारतमा चलिरहेको युवा तथा विद्यार्थी आन्दोलनले ऐतिहासिक सफलता हात पारेको छ।

चौतर्फी दबाब र प्रदर्शनपछि अन्ततः भारतीय केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले पदबाट राजीनामा दिएका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीको १२ वर्षे कार्यकालमा जनदबाबका कारण मन्त्रीले राजीनामा दिएको यो पहिलो घटना हो।

सामाजिक सञ्जालबाट सुरु भई देशभर फैलिएको यो आन्दोलन, विपक्षी दलको घेराबन्दी र सत्तापक्षीय सङ्गठनहरूकै दबाबका कारण सरकार पछि हट्न बाध्य भएको हो। यसैबिच, भारतीय सर्वोच्च अदालतका न्यायाधीशले नागरिकको शान्तिपूर्ण विरोध गर्न पाउने अधिकार साँघुरिँदै गएकोमा चिन्ता व्यक्त गरेका छन्।

ताजा समाचार