आईफोनका लागि बागलुङमा १७ वर्षीय किशोरको हत्या, चार जना पक्राउ

प्रकाशित मिति:

बागलुङ । आईफोन लुट्ने उद्देश्यले बागलुङको बडिगाडमा आफ्नै साथीहरूले प्रहार गरी १७ वर्षीय किशोर लजिन थापाको हत्या गरेका छन्।

साउन १ गते साथीको जन्मदिन मनाउन गएका लजिनलाई एकान्तमा लगेर मुक्का र ढुङ्गा हानेर हत्या गरिएको प्रहरी अनुसन्धानबाट खुलेको छ। हत्यापछि शवलाई २५ मिनेट टाढाको खोल्सामा लुकाइएको थियो। घटनाको ९ दिनपछि प्रहरीले तालिमप्राप्त कुकुर र पोलिग्राफ प्रविधिको प्रयोग गरी शव फेला पारेको हो।

काठमाडौँमा अध्ययनरत थापा नागरिकता बनाउन गाउँ आएका बेला यो घटना भएको हो। हत्या आरोपमा मृतकका चार जना साथीहरूलाई पक्राउ गरी प्रहरीले कर्तव्य ज्यान मुद्दा चलाउने तयारी गरेको छ।

ताजा समाचार