काठमाडौं । आफूहरूले लिएको सम्पूर्ण कर्जा खारेजको माग गर्दै लघुवित्त पीडितहरूले काठमाडौँमा आन्दोलन थप सशक्त बनाएका छन्।
देशका विभिन्न जिल्लाबाट आएका पीडितहरूले माइतीघरमा प्रदर्शन र नाराबाजी गर्दै ऋण तथा ब्याज मिनाहाको माग गरेका हुन्। असुलीका नाममा लघुवित्तका कर्मचारीले मानसिक तनाव दिएको र चर्को ब्याजले हजारौँ परिवार सङ्कटमा परेको उनीहरूको गुनासो छ।
सरकारले बारम्बार आश्वासन मात्र दिएको भन्दै पीडितहरूले यसपटक माग पूरा नभएसम्म आन्दोलन छाडेर नफर्कने चेतावनी दिएका छन्।




