डोटी । डोटीको बडीकेदार गाउँपालिकास्थित केदार सूर्य बहुमुखी क्याम्पसको नयाँ दुई तले भवन उद्घाटन भएको छ।
भारतीय दूतावासका प्रथम सचिव वशिष्ट नन्दन र गाउँपालिका अध्यक्ष भैरव बहादुर साउदले भारत सरकारको उच्च प्रभाव सामुदायिक विकास परियोजनाअन्तर्गत निर्मित भवनको संयुक्त उद्घाटन गरे।
प्रत्येक तलामा सात वटा कोठा रहेको यो पूर्वाधारले बि.एड. र बि.बि.एस.का विद्यार्थीलाई सहज हुनेछ। भारत सरकारले सुदूरपश्चिममा ४७ वटा विकास परियोजनासहित ७८ वटा एम्बुलेन्स र ४० वटा स्कुल बस सहयोग गरिसकेको छ।
डोटीमा भारतको सहयोगमा निर्मित केदार सूर्य क्याम्पस भवन उद्घाटन
प्रकाशित मिति:




