कैलाली । कैलालीको घोडाघोडी नगरपालिका–१ लोहरपुरका १२ वर्षीय टेकेन्द्र बोहराको दोदा खोलामा डुबेर मृत्यु भएको छ।
आइतबार दिउँसो साथीहरूसँग खोलामा नुहाउने क्रममा डुबेर घाइते भएका उनलाई आमाले उद्धार गरी घोडाघोडी अस्पताल पुर्याएकी थिइन्।
उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिए।”




