बैतडी । बैतडीमा घाँस काट्ने क्रममा माथिबाट खसेको ढुङ्गा लागेर एक युवतीको घटनास्थलमै मृत्यु भएको छ।
घाँस काट्न सुर्नया गाउँपालिका–२ स्थित कैलडाँडा पुगेकी दशरथचन्द नगरपालिका–१ की २२ वर्षीया अस्मिता भट्टको सोमबार बिहान मृत्यु भएको हो।
जमिन भासिएर माथिबाट खसेको ढुङ्गा लाग्दा बिहान करिब साढे ९ बजे भट्टको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ।
मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल लैजाने तयारी भइरहेको र घटनाबारे थप अनुसन्धान जारी रहेको बैतडी प्रहरीले जनाएको छ।
बैतडीमा घाँस काट्ने क्रममा माथिबाट खसेको ढुङ्गा लागेर २२ वर्षीया युवतीको मृत्यु
प्रकाशित मिति:




