सुनसरी झडप प्रकरणः प्रदर्शनका कारण पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

प्रकाशित मिति:

विराटनगर । सुनसरी सुनसरीको देवानगञ्जमा आइतबार राति दुई समुदायबीचको झडपमा प्रहरीको गोली लागेर एक व्यक्तिको मृत्यु भएको घटनालाई लिएर सुनसरी र मोरङका विभिन्न स्थानमा प्रदर्शन चर्किएको छ। घरेलु हतियार बोकेका प्रदर्शनकारीले बजार बन्द गराएका छन् भने इटहरीदेखि कोशी ब्यारेजसम्मको पूर्व–पश्चिम राजमार्गमा सवारीसाधन अवरुद्ध भएका छन्। पक

लीदेखि कोशी ब्यारेज खण्ड र सदरमुकाम इनरुवामा प्रदर्शनकारीले टायर बालेर सडक अवरोध गरेका छन्। सुरक्षा संवेदनशीलताका कारण इटहरीबाट पश्चिम जाने सवारी साधन रोकिएका छन् भने दुहबीमा सद्भाव र्‍याली निकालिएको छ र विराटनगरका केही व्यवसायीले असुरक्षाका कारण बजार बन्द गरेका छन्।

ताजा समाचार