विराटनगर । सुनसरीको देवानगञ्ज झडप घटना छानबिन गर्न गठित सहसचिव भूपेन्द्र थापा नेतृत्वको ५ सदस्यीय समितिले आजबाट काम सुरु गरेको छ। समितिका सदस्य प्रहरी उपरीक्षक विपीन रेग्मीले विराटनगरका अस्पताल पुगी घाइतेहरूलाई भेटेका छन् भने प्रशासन कार्यालयमा सरोकारवालासँग छलफल जारी छ र समितिले एक सातामा प्रतिवेदन दिनेछ।
प्रदर्शनकारीको मागअनुसार सीडीओ वासुदेव घिमिरे, प्रदेश प्रहरी प्रमुख डीआईजी विनोद घिमिरे र प्रहरी प्रमुख केशवकुमार थेबेको सरुवा भए पनि भोक्राह, कोशी गाउँपालिका र इनरुवालगायतका स्थानमा विरोध प्रदर्शन रोकिएको छैन। नयाँ सीडीओ ईश्वरीप्रसाद अर्यालले शान्ति सुरक्षा कायम गर्न संवाद र पहल जारी रहेको बताएका छन्।




