सुनसरी घटना र सरकारको जिम्मेवारीबारे के भन्छन् रवि लामिछाने?

प्रकाशित मिति:

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सुनसरी घटनाका सन्दर्भमा शान्तिको अपिल गर्दै राजनीतिक दलहरूका तर्फबाट संयुक्त अपिल जारी गरिने जानकारी दिएका छन्। आफैँले बोलाएको सर्वदलीय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले देशमा साम्प्रदायिक सद्भाव कायम राख्न सबै राजनीतिक दलहरू एक ठाउँमा उभिनुपर्ने बताएका हुन्।

प्रधानमन्त्री, गृहमन्त्री र गृह प्रशासनले आफ्नो जिम्मेवारी अनुसार काम गरिरहेको उल्लेख गर्दै उनले अहिले आरोप-प्रत्यारोप भन्दा पनि शान्ति सुव्यवस्था कायम गर्नु मुख्य दायित्व भएको बताए। सामाजिक सद्भाव नभड्कियोस् भन्नेतर्फ ध्यान दिनुपर्ने भन्दै लामिछानेले साम्प्रदायिक गतिविधि रोक्न सबै दल एक हुनुपर्नेमा जोड दिए।

ताजा समाचार