राष्ट्रपति पौडेल र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता: सर्वदलीय बैठक र सुनसरी घटनाबारे जानकारी

प्रकाशित मिति:

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्। बुधबार शीतल निवास पुगेर लामिछानेले राष्ट्रपति पौडेललाई समसामयिक राजनीतिक घटनाक्रम र सुनसरी घटनाबारे ब्रिफिङ गरे।

सुनसरी घटनापछि सामाजिक सद्भाव कायम राख्न आफूले बोलाएको सर्वदलीय बैठक, दलहरूबीच बनेको साझा धारणा र आगामी कदमबारे लामिछानेले राष्ट्रपतिलाई जानकारी गराएको राष्ट्रपतिको सचिवालयले जनाएको छ।

ताजा समाचार