कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या बढेर ५० पुगेको छ। राष्ट्रिय बाघ सर्वेक्षण २०८२ को नतिजा अनुसार यसअघि ४४ रहेको बाघको सङ्ख्या वृद्धि भएर ५० पुगेको हो।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले आज सार्वजनिक गरेको नतिजा अनुसार सन् २०१८ मा १६ मात्र रहेको बाघको सङ्ख्या आठ वर्षमा उल्लेख्य बढेको छ। शुक्लाफाँटा निकुञ्जका संरक्षण अधिकृत विनय झाले आहारा प्रजातिको पर्याप्तताका कारण बाघको सङ्ख्यामा वृद्धि भएको बताएका छन्।




