पोखरा बसपार्कका सुकुम्वासीको अन्तिम नामावली साउन १८ मा सार्वजनिक हुँदै

प्रकाशित मिति:

पोखरा । पोखरा महानगरपालिकाले बसपार्क क्षेत्रका भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीको अन्तिम नामावली साउन १८ गते सार्वजनिक गर्ने भएको छ। प्रारम्भिक नामावलीका ५७४ परिवारमध्ये प्राप्त १४६ दाबी-विरोधमाथि छानबिन भइरहेको छ। पूर्वन्यायाधीश शङ्कर बरालसहितका समितिले बुझाएको प्रतिवेदनका आधारमा महानगर अघि बढे पनि सङ्घर्ष समितिले भने लालपुर्जा र पूर्वाधारसहितको स्थायी व्यवस्थापन नभएसम्म ठाउँ नछोड्ने चेतावनी दिएको छ।

ताजा समाचार