लघुवित्त पीडितसँग वार्ता गर्न सरकारद्वारा समिति गठन

प्रकाशित मिति:

काठमाडौं । सरकारले आन्दोलनरत लघुवित्त पीडितहरूसँग वार्ता गर्न समिति गठन गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मन्त्रिस्तरीय निर्णय गर्दै अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यको संयोजकत्वमा वार्ता टोली बनाउनुभएको हो।

समितिमा कानुन मन्त्रालयका विनोदकुमार भट्टराई, गृह मन्त्रालयका सुरेश पन्थी र राष्ट्र बैंकका रामु पौडेल सदस्य तथा बोलराज आचार्य सदस्य सचिव हुनुहुन्छ। समितिलाई आजैदेखि पीडितहरूसँग अर्थ मन्त्रालयमा वार्ता सुरु गर्न निर्देशन दिइएको छ।

ताजा समाचार